चाँगुनारायण नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार विना बास्तोला ६,६५० मतका साथ अग्रस्थानमा छन् । बास्तोलालाई पछ्याइरहेका नेपाली कांग्रेसका जीवन खत्रीले ६,२९४ मत ल्याएका छन् ।
चाँगुनारायण नगरपालिका भक्तपुर जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ८८,६१२ रहेको छ भने कुल मतदाता संख्या ४३,१०५ रहेको छ । जसमा २१,०९८ पुरुष र २२,००७ महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा छन् ।