दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार तीर्थराज भट्टराई ९,४०८ मतका साथ अग्रस्थानमा छन् । भट्टराईलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का कुमारप्रसाद आचार्यले ५,१९१ मत ल्याएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ४३,२९५ रहेको छ भने कुल मतदाता संख्या ३४,०७८ रहेको छ । जसमा १७,३७३ पुरुष र १६,७०५ महिला रहेका छन् । यस नगरपालिकामा १५ वडा छन् ।