गौरादह नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) उम्मेदवार छत्रपति सुवेदी १०,४९३ मतका साथ अग्रस्थानमा छन् । सुवेदीलाई पछ्याइरहेका नेपाली कांग्रेसका रोहितकुमार शाहले ९,००१ मत ल्याएका छन् ।
गौरादह नगरपालिका झापा जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या ६०,५९८ रहेको छ भने कुल मतदाता संख्या ४३,५४४ रहेको छ । जसमा २१,८४२ पुरुष र २१,७०२ महिला रहेका छन् । यस नगरपालिकामा ९ वडा छन् ।