भोजपुर नगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार कैलाशकुमार आले ३,५०८ मतका साथ अग्रस्थानमा छन् । आलेलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का भरतकुमार तामाङले ३,२७० मत ल्याएका छन् ।
भोजपुर नगरपालिका भोजपुर जिल्लामा पर्दछ । यस नगरपालिकामा कूल जनसंख्या २६,१२६ रहेको छ भने कुल मतदाता संख्या १९,४९० रहेको छ । जसमा ९,८७० पुरुष र ९,६१९ महिला रहेका छन् । यस नगरपालिकामा १२ वडा छन् ।