राष्ट्रिय प्रजातन्त्र पार्टी

२०४६ सालको अन्तमा दलविहीन पञ्चायती व्यवस्थाको अन्त्यसँगै पूर्वपञ्चहरू एक भई नयाँ पार्टी गठन गर्ने बहस चलाए । पार्टी गठनको चरणमै पूर्व पञ्चहरू एक हुन सकेनन्, दुई खेमामा विभाजित हुनपुगे ।

एउटा खेमाको नेतृत्व पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले गरे भने अर्को खेमाको नेतृत्व लोकेन्द्रबहादुर चन्दले गरे । र, यी दुवै समूहले आ–आफ्नै नेतालाई अध्यक्ष बनाएर २०४७ जेठमा राष्ट्रिय प्रजातन्त्र पार्टी/राप्रपा (थापा) र राप्रपा (चन्द) गठन गरे । त्यसयता विभिन्न समयमा यी दुई खेमाबीच मिलन र विछोडको पुनरावृत्ति भइरहृयो । अहिले यस दलको अध्यक्ष राजेन्द्र लिङ्देन छन् भने चुनाव चिन्ह ‘हलो’ रहेको छ ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा