नेकपा (एमाले)

२००६ सालमा स्थपित नेपाल कम्युनिस्ट पार्टी साम्यवादमा विश्वास राख्ने राजनीतिक दल हो । पुष्पलाल श्रेष्ठ यसका संस्थापक महासचिव थिए । विश्वभरका कम्युनिस्टहरूले प्रयोग गर्ने हँसिया–हथौडा अंकित झण्डा नै यस दलको झण्डा हो । समयक्रममा नेपाल कम्युनिस्ट पार्टीबाट विभिन्न समूहहरू विभाजित हुँदै आएकाले चुनाव चिन्ह भने फरक फरक छन् ।

२०४६ सालयता मुलुकको राजनीतिलाई प्रभाव पार्न सक्ने दुईवटा कम्युनिस्ट घटक भए । पहिलो, नेकपा (एकीकृत मार्क्सवादी–लेनिनवादी) अर्थात् एमाले र दोस्रो, नेकपा (माओवादी केन्द्र) ।

यी दुईमध्ये एमालेको स्थापना २०३२ सालमा को–अर्डिनेसन कमिटीको रूपमा भएको हो । त्यसको तीनवर्षपछि नेकपा (माले) बन्यो र २०४७ साल पुसमा नेकपा (एमाले) को रूपमा विकसित भएको राजनीतिक दल हो–एमाले । यसका पहिलो अध्यक्ष मनमोहन अधिकारी थिए भने वर्तमान अध्यक्ष केपी शर्मा ओली हुन् । यस दलको चुनाव चिन्ह 'सूर्य' रहेको छ ।


उम्मेदवारहरु

जिल्ला प्रतिनिधिसभा प्रदेशसभा